भियतनामको वैदेशिक व्यापार ६८३ अर्ब अमेरिकी डलर
शनिबार, १४ पुस २०८०, १९ : २४

हनोई । भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ । यो परिमाण गत वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो ।
यसै बिच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ ।
विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८.९ प्रतिशतले घटेर ३२७.५ अर्ब डलर पुगेको छ ।
भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा ३१३.७३ अर्ब डलर पुगेको छ ।
सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार १११.६ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।-(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री