भियतनामको वैदेशिक व्यापार ६८३ अर्ब अमेरिकी डलर
शनिबार, १४ पुस २०८०, १९ : २४
हनोई । भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ । यो परिमाण गत वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो ।
यसै बिच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ ।
विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८.९ प्रतिशतले घटेर ३२७.५ अर्ब डलर पुगेको छ ।
भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा ३१३.७३ अर्ब डलर पुगेको छ ।
सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार १११.६ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।-(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण