अपराध
अपहरणको आरोपमा चाबहिलबाट ४ जना पक्राउ
आइतबार, १५ पुस २०८०, १२ : ०१
काठमाडौँ । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।
रसुवा घर भएका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको दाबी गरेका छन् । आरोपीहरूले साढे १३ लाख फिरौती लिएपछि छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । उनले भने–‘लेनदेन विवाद भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण