विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?
आइतबार, १५ पुस २०८०, १६ : ४२
नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ । केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा नयाँ वर्ष मनाइन्छ ।
प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। अकल्याण्ड र सिड्नीमा निकै तयारी गरिएको छ । सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइँदैछ ।
नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।
लाइन टापुका बासिन्दाहरूले सुँगुरको भुटेको मासु, क्रेफिस र परम्परागत खानाको साथ नयाँ वर्ष मनाउँछन्। किरिबाटीको कुल जनसङ्ख्या एक लाख १९ हजार रहेको छ । यसको राजधानी तरावा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक