बंगलादेशको चुनाव: शेख हसिनाको जित होला ?
ढाका । बंगलादेशमा जनवरी ७ मा आम निर्वाचन हुँदै छ । चुनावमा शेख हसिनाको जित पक्कापक्की भएको धेरैले बताइरहेका छन् । त्यहाँको मुख्य विपक्षी दलले चुनाव बहिष्कार गरिरहेको छ । कयौँ नेता जेलमा छन् । यस्तोमा सत्तारुढ दल आवामी लिगले लगातार चौथो पटक संसदीय चुनाव जित्ने प्रक्षेपण चुलिएका छन् । प्रधानमन्त्री हसिनाले स्वतन्त्र र निष्पक्ष चुनाव गराउँछिन् भन्नेमा विश्वास नभएको बंगलादेशको सबैभन्दा ठुलो विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) र उसको सहायक दलले भनिरहेको छ ।
हसिनाले पद छाडेर तटस्थ अन्तरिम सरकारको निगरानीमा चुनाव गराउने अनुमति दिनु पर्ने उनीहरूको भनाइ छ । यो माग हसिनाले मानेकी छैनन् । त्यसैले पनि निर्वाचनमा आवामी लिग, उसको सहयोगी र स्वतन्त्र उम्मेदवारले जित्ने देखिएको विश्लेषणहरू आइरहेका छन् । बंगलादेशमा लोकतन्त्र मरिसकेको अनि जनवरीको निर्वाचन नक्कली हुने केहीको भनाइ छ । विगत केही वर्षयता हसिना निरंकुश बन्दै गइरहेको उनका आलोचकहरूले बताइरहेका छन् ।
तर अलोकतान्त्रिक बनेको आरोप हसिनाको सरकारले खण्डन गरिरहेको छ । हसिनाको नेतृत्वमा बंगलादेशको अर्थतन्त्रमा ऐतिहासिक प्रगति देखिएको छ । दक्षिण एसियामा बङ्गलादेश सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र बनेको छ । प्रतिव्यक्ति आय गएको दशकमा नै तीन गुणा भएको थियो । गएको २० सालमा त्यहाँ २ करोड ५० लाख मानिसहरू गरिबीको रेखाबाट बाहिर आएको विश्व बैंकको अनुमान छ ।
तर पछिल्लो समय महँगी आकासिएर दोहोरो अङ्क नजिक पुगेको छ । विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । सन् २०२१ को अगस्टमा ४८ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति अहिले घटेर २० डलरमा आएको छ । यसले तीन महिनाको आयात पनि धान्न पुग्दैन । तर हसिनाको कार्यकालमा राजनीति प्रेरित भएर जेल थुनाको क्रम बढेको छ । हत्या र शोषण पनि बढेको केही आंकडाले देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण