मरिण महोत्सवमा गुन्जियो नविनको ‘के सम्झनु छ र जान्न मत त्यो घर’
काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित रङ्गशाला सोमबार साँझ गीत संगीतमय भयो । ‘चौथो मरिण महोत्सव २०८०’को अन्तिम दिन समापन समारोहमा लोकगायक नविन पौडेलले आफ्नो गीतसंगीत मार्फत स्टेज तताएका थिए ।
सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना, चिनध्वज बम्जनको अध्यक्षता रहेको समापन समारोहको प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान थिए । थुप्रै गायक गायिकाले आफ्नो प्रस्तुति दिइसकेको महोत्सवका समापनमा भने गायक पौडेल निम्त्याइएको थियो ।
कार्यक्रममा गायक पौडेलले ‘ब्यथिती नै ब्यथिती छ सुध्रिने हो कहिले ?’ गीतबाट पब्लिक जागरुक गरेका थिए । गायक पौडेलले त्यसपछि आफ्नो नयाँ गीत ‘मत हजुर निजामती’ गाए ।
यो गीतमा दर्शकले उनलाई नृत्य र तालीले समेत साथ दिएका थिए । जब पौडेले ‘के सम्झनु छ र जान्न मत त्यो घर’ गीत गाए । वान्स मोरको हुटिङले कार्यक्रम स्थलनै गुञ्जायमान भयो । वान्स मोरको हुटिङकाबीच पौडेलले ‘घर मेरो सुदूरपश्चिम’, ‘हरहर वासना अगरबत्तीको’, ‘बुलाकी झुम्काना’, ‘मन परेरै हो’ लगायत आधा दर्जन गीत प्रस्तुति गर्दै आफ्नो कार्यक्रमको बिट मारे ।
गत ६ पुसदेखि सुरु भएको महोत्सव स्थानीय कलासंस्कृति प्रदर्शन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । महोत्सवमा प्रमोद खरेल, रामजीखाँड, इन्दिरा गुरुङ, खेम सेन्चुरी लगायत थुप्रै गायक गायिकाले प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण