भन्सार घेराउका क्रममा आजपाका ७ नेता कार्यकर्ता पक्राउ, एक जना घाइते
काठमाडौँ । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा १ जना घाइते भएका हुन् ।
भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ ।
सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए । पक्राउ परेको मध्ये रञ्जु घाइते छिन् । उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले झण्डै तीन सातायता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेको प्रति आक्रोश पोख्दै आएको छ ।
आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए थप कडा आन्दोलन गर्ने आजपाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण