नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर
बिहीबार, १९ पुस २०८०, ११ : ४०
काठमाडौँ । भारतीय विदेश मन्त्री एस.जयशंकरले आफू नेपाल भ्रमणमा आउँदा हर्षित भएको बताएका छन् । आज बिहान नेपाल आइ पुगेका मन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु ।’
उनले आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि आफू उत्साहित रहेको बताएका छन् । परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी शुक्रवार नै भारत फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण