पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी
मकवानपुर । थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा फोटो प्रदर्शनी गरिएको हो ।
थाहा नगरपालिकाको आयोजनामा हेटौँडाको बुद्ध चोकमा २ दिने फोटो प्रदर्शनी सुरु गरिएको छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । प्रदर्शनीको उद्घाटन गर्दै मेयर लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताइन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तहहरू एकजुट हुन जरुरी रहेको उनको भनाई छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै नै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रर्दशनीहरु आयोजना गर्ने तयारी गरिएको उनले बताइन् ।
फोटो प्रदर्शनीमा एक दर्जन फोटोग्राफरले खिचेका थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटोको राखिएको छ । प्रदर्शनी शनिबारसम्म चल्ने छ भने ५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण