कहिले बन्छ सात तले दरबार ?
- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
नुवाकोट । वि.सं १८१९ मा पृथ्वी नारायण शाहले ललितपुरबाट कालिगड झिकाएर बनाउन लगाइएको नौ तले दरबार वि.सं १९९० को भूकम्पले गर्दा भत्किएपछि सात तलामा सीमित बनेको थियो । अहिले यो दरबार सात तले दरबार भनेर चिनिन्छ ।
_21wLIRi7NX.jpg)
वि.सं २०७२ मा गएको विनाशकारी भूकम्पले सात तले दरबार भत्किएर खण्डहर बनेको थियो । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण चीनले गर्ने सार्वजनिक भएको थियो । तर भूकम्प गएको नौ वर्ष भइसक्दा पनि अझै टेकोको भरमा छ नुवाकोट दरबार ।
_aZqTcIDlM4.jpg)
नुवाकोटका प्रमुख पुरातात्त्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको पुनर्निर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भयले स्थानीयहरू निकै चिन्तित छन् । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको सात तले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरू भत्काएको थियो ।
_FfddS70kj5.jpg)
नुवाकोट दरबार परिसरमा धार्मिक हिसाबले महत्त्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । मनोरम प्राकृतिक छटाहरूले भरिपूर्ण यो जिल्ला प्राचीन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । नुवाकोट दरबारबाट देखि १० मिनेटको यात्रा पश्चात् पुग्न सकिन्छ, महामण्डल क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्त्वपूर्ण छ ।
_IGjcObT5Gi.jpg)
_lLwIEYZXNV.jpg)
_7zMJH5v3j3.jpg)
_7zysoj1Eda.jpg)
_uYNNmwW4vf.jpg)
_lO0o2Yz7ri.jpg)
_QWJ5QWxjw1.jpg)
_3wjZPJlwlT.jpg)
_B5WXu4YsZR.jpg)
_11kPOuiKhp.jpg)
_GAUsRjlpbB.jpg)
_aLEuJOpmgk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण