सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कहिले बन्छ सात तले दरबार ?

शनिबार, २१ पुस २०८०, ०५ : ५८
शनिबार, २१ पुस २०८०
  • मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

नुवाकोट । वि.सं १८१९ मा पृथ्वी नारायण शाहले ललितपुरबाट कालिगड झिकाएर बनाउन लगाइएको नौ तले दरबार वि.सं १९९० को भूकम्पले गर्दा भत्किएपछि सात तलामा सीमित बनेको थियो । अहिले यो दरबार सात तले दरबार भनेर चिनिन्छ । 

saat tale durbar (10)

वि.सं २०७२ मा गएको विनाशकारी भूकम्पले सात तले दरबार भत्किएर खण्डहर बनेको थियो । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण चीनले गर्ने सार्वजनिक भएको थियो । तर भूकम्प गएको नौ वर्ष भइसक्दा पनि अझै टेकोको भरमा छ नुवाकोट दरबार । 

saat tale durbar (15)

नुवाकोटका प्रमुख पुरातात्त्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको पुनर्निर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भयले स्थानीयहरू निकै चिन्तित छन् । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको सात तले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरू भत्काएको थियो । 

saat tale durbar (1)

नुवाकोट दरबार परिसरमा धार्मिक हिसाबले महत्त्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । मनोरम प्राकृतिक छटाहरूले भरिपूर्ण यो जिल्ला प्राचीन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । नुवाकोट दरबारबाट देखि १० मिनेटको यात्रा पश्चात् पुग्न सकिन्छ, महामण्डल क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्त्वपूर्ण छ ।

saat tale durbar (2)saat tale durbar (3)saat tale durbar (4)saat tale durbar (5)saat tale durbar (6)saat tale durbar (7)saat tale durbar (8)saat tale durbar (9)saat tale durbar (11)saat tale durbar (12)saat tale durbar (13)saat tale durbar (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप