विवाहको तयारीमा रश्मिका मन्दना र विजय देवरकोन्डा !
चेन्नई । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ । यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेलामा एकअर्काको नजिक आएका थिए ।यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन ।
लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको छ । रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ । केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो । दुबैको परिवारले यो सम्बन्धलाई मञ्जुरी दिएका छन् । सञ्चार माध्महरुले सूत्रलाई उद्धृत गर्दै छापेको समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् ।
विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पेटलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् । विजयको आगामी फिल्म फ्यामिली स्टारको रिलिज डेटमा ढिलाइ भइरहेको छ । यो फिल्ममा विजयसँग मृणाल ठाकुर पनि छिन् । फिल्म १८ फेब्रुअरीमा रिलिज हुन सक्ने बताइएको छ । रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् । यसबाहेक उनी रेम्बो नामक तेलुगु फिल्मको पनि हिस्सा बनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण