आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले चाहे हप्ता दिनमै विमितले उपचार पाउन सक्छन्ः सांसद शर्मा

सोमबार, २३ पुस २०८०, १० : ३७
सोमबार, २३ पुस २०८०

भोजपुर । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताएका छन् । 
नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप लगाए । 
उनले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाए । 

 आज (सोमवार) नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा र मंगलवार हतुवगडीमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाइ छ ।

उनले भने, ‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस् । हरेक अस्पतालहरुमा विमितहरुले उपचार पाउनेगरी उपचार सम्भव छ । यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्य गर्दैन । मतलव छैन । ठूलाठूला डिल कसरी गर्ने ? टेण्डर खोल्दा आफूले भनेका कम्पनीहरुलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने ? माथिदेखि तलसम्म नेताहरुको सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ । हामी त्यसै बोलिरहेका छैनौँ । अहिले नेपालका शिर्ष नेता मात्रै होइन, कर्मचारीहरु पनि करका हाकिम, अख्तियारका हाकिम, राष्ट्र बैंकका गभर्नरदेखि लिएर अन्य मानिसहरुको अर्बौंको सम्पती विदेशमा छ । दुबईमा कति नेपालीका बंगलाहरु छन् । हामीले यहाँ गाउँमा एउटा झोलुंगे पुल बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ, एउटा कुलो बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ ।’

दुई पालिकामा हुने शिविरमा हस्पिटलको विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिनेछ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग लगायतका विभिन्न १३ वटा परीक्षणहरु हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप