फोनमा किन राख्नु हुन्न कभर ?
काठमाडौँ । नयाँ फोन किन्ने बित्तिकै हामी फोनको कभर पनि किन्छौँ । फोनको स्क्रिन नकोरियोस् भनेर फोन किन्ने बित्तिकै कभर पनि हेर्न थाल्छौँ ।
फोनमा कभर लगाउँदा फोन सुरक्षित रहने र कोतरिने सम्भावना कम हुने, हातबाट फोन झर्यो भने पनि अलि कम क्षति हुने भएकोले हामीहरु फोनमा कभर राख्छौँ । तर फोनमा कभर लगाउँदाका क्षतिहरु पनि छन् । तपाईँलाई यसबारे थाहा छ ?
फोनमा कभर लगाउँदा फोन तात्ने समस्या देखिन थाल्छ । खासगरी गर्मी मौसममा हर समय फोन कभरले ढाकिरहँदा मोबाइल छिट्टै तात्न थाल्छ । फोन तात्न थाल्यो भने ह्याङ्ग हुन थाल्छ अनि रोकिएर चल्ने जस्ता समस्या देखिन थाल्छ ।
फोनमा कभर लगाउँदा चार्जिङमा पनि समस्या हुने केही रिपोर्टको दाबी छ । फोन तात्न थालेपछि यो राम्ररी चार्ज हुन नसक्ने पनि बताइएको छ ।
फोनमा राम्रो क्वालिटीको कभर लगाइएन भने यसमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । अझ कभर धातुको छ भने यसका कारण जीपीएस र कम्पासमा समस्या हुन्छ ।
अचेल फोन कमपनीहरुले गजबको डिजाइन भएका ब्याक प्यानलको साथमा नयाँ नयाँ फोन लन्च गरिरहेका छन् । यस्तोमा तपाईँले फोनमा कभर लगाउनु भयो भने सारा लुक छोपिन्छ ।
फोनको सुरक्षाका लागि कभर त लगाउनु पर्छ जस्तो तपाईँलाई लाग्छ भने एउटा काम गर्नुस् । फोन चार्ज गर्ने बेलामा कभर निकालिदिनुस् । गेम खेलिरहेको बेलामा पनि फोनलाई कभरमा नराख्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण