चिसो बढेसँगै रौतहटका विद्यालय धमाधम बन्द
रौतहट । पछिल्लो केही दिनयता चलेको शीतलहरसँगै चिसो बढे पछि रौतहटको सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामाबिनय कुमार सिंहले एक सूचना जारी गर्दै जाडो छल्न सामुदायिक विद्यालयमा बिदा दिन निर्देशन दिएपछि सोमबार कैयौँ स्थानीय तहले सामुदायिक विद्यालयहरूमा बिदाको सूचना जारी गरेका छन् ।
कतहरिया, फतुवा विजयपुर, देवाही गोनाही लगायतका विद्यालयले चिसो बढेको उल्लेख गर्दै बिदा दिएको छ। देवाही गोनाहि , कटहरिया, फतुवा विजयपुर, लगायतका नगरपालिका अन्तर्गत शिक्षा शाखाले छुट्टाछुट्टै सूचना जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी पुस २४ गतेदेखि २६ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएका छन्।
त्यसैगरी जिल्लाको अन्य केही पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै तिन देखि ५ दिनसम्म बिदा दिएको शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ। पछिल्लो तीनदिन देखि चलेको शीतलहरसँगै दिउँसो घाम नलागेको कारण जाडो बढेर रौतहटको जनजीवन प्रभावित बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण