शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा महोत्सव आजदेखि

बिहीबार, २६ पुस २०८०, ०९ : १६
बिहीबार, २६ पुस २०८०

पोखरा । पोखरामा आजदेखि बाह्रौँ संस्करणको पोखरा महोत्सव हुँदै छ । युनाइटेड क्लबको आयोजनामा माघ ८ गतेसम्म महोत्सव गर्न लागिएको हो । महोत्सव दिउँसो १ बजे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन् । 

महोत्सव उद्घाटन पूर्व पोखरा रङ्गशालाबाट महोत्सव स्थल अमरसिंह मैदानसम्म झाँकी र र्‍याली प्रदर्शन गरिनेछ । महोत्सवको पुर्वसन्ध्यामा पोखरामा कार र्‍याली निकालिएको थियो । 

क्लबले महोत्सव मार्फत समाजसेवा गर्दै आएको छ । पोखरामा चिडियाखाना निर्माणदेखि सरसफाइ र छात्रवृत्ति कार्यक्रममा समेत क्लबले सहयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप