३४ लाख पाउन्ड खर्चिएर टोट्टनहामबाट एरिकलाई भित्र्याउँदै बायर्न म्युनिख
बिहीबार, २६ पुस २०८०, १७ : २५
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका प्रभावशाली डिफेन्डर एरिक डियर जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुने भएका छन् । २९ वर्षीय एरिक बायर्न म्युनिखमा आबद्ध हुने प्रक्रिया पनि अघि बढिसकेको छ ।
बायर्न म्युनिखले ३४ लाख पाउन्डमा एरिकलाई भित्राउन लागेको समाचारमा जनाइएको छ । बुन्डेस लिगा च्याम्पियनमा आबद्ध हुने प्रक्रिया पुरा गर्न उनी जर्मनी पुगिसकेका छन् । जर्मनीमा स्वास्थ्य परीक्षण गराउनु अघिको उनको तस्बिर पनि सार्वजनिक भएको छ ।
उनी इङ्गल्यान्डको राष्ट्रिय टोलीको सदस्य पनि हुन् । करिब १० वर्ष टोट्टनहाममा बिताएपछि उनी जर्मन क्लबमा आबद्ध हुन लागेका हुन् । उनी सन् २०१४ मा स्पोर्टिङ सीपीबाट टोट्टनहाममा आबद्ध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण