सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

३४ लाख पाउन्ड खर्चिएर टोट्टनहामबाट एरिकलाई भित्र्याउँदै बायर्न म्युनिख

बिहीबार, २६ पुस २०८०, १७ : २५
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका प्रभावशाली डिफेन्डर एरिक डियर जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुने भएका छन् । २९ वर्षीय एरिक बायर्न म्युनिखमा आबद्ध हुने प्रक्रिया पनि अघि बढिसकेको छ ।

बायर्न म्युनिखले ३४ लाख पाउन्डमा एरिकलाई भित्राउन लागेको समाचारमा जनाइएको छ । बुन्डेस लिगा च्याम्पियनमा आबद्ध हुने प्रक्रिया पुरा गर्न उनी जर्मनी पुगिसकेका छन् । जर्मनीमा स्वास्थ्य परीक्षण गराउनु अघिको उनको तस्बिर पनि सार्वजनिक भएको छ ।

उनी इङ्गल्यान्डको राष्ट्रिय टोलीको सदस्य पनि हुन् । करिब १० वर्ष टोट्टनहाममा बिताएपछि उनी जर्मन क्लबमा आबद्ध हुन लागेका हुन् । उनी सन् २०१४ मा स्पोर्टिङ सीपीबाट टोट्टनहाममा आबद्ध भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप