राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने जानकारी दिए ।
गत वर्ष नै सरकारले संसद्मा दर्ता गराएको विधेयक पास गर्न प्रधानमन्त्री दाहाललाई दबाब छ । एमालेलाई समेत मनाएर सर्व सहमतिमा विधेयक पास गर्ने दाहालको चाहना असफल जस्तै बनिसकेको छ भने अब सत्तारुढ गठबन्धनले बहुमतबाट विधेयक पास गरेर अघि बढ्ने तयारी छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले यसअघि नै आगामी अधिवेशनबाट सो विधेयक पारित हुने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण