प्रहरीको नियन्त्रणमा रहेका सार्पसुटरलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा पक्राउ
काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका भारतीय सार्पसुटर सुजित कुमार सिंहलाई छुटाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका बस्ने श्यामबाबु शाह छन् । २३ वर्षीय शाहले सुजित कुमारको बुबासँग ‘मुद्दा मिलाएर छुटाउँछु’ भनेर १ लाख ९२ हजार ठगेको आरोप छ ।
बारास्थित बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय सुटर सुजित कुमार सिंह अहिले अस्पतालमा छन् । प्रहरीको सुरक्षा घेरामा उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । सार्पसुटर सिंह भारतको बिहारस्थित छौडादानोका स्थानीय हुन् ।
सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कार्तिक १३ मा स्वर्णकारको हत्या भएको थियो ।
उनलाई छुटाउन १६ लाख भारतीय रुपैयाँ लाग्छ भनेर उनका बुवा जयमंगल सिंहसँग श्यामबावुले १६ लाख मागेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए ।
आरोपीविरुद्ध प्रहरीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सुजित कुमार सिंह सार्प सुटर हुन् । ३२ वर्षीय सिंह ‘कन्ट्याक्ट किलर’ को रुपमा तराईमा विभिन्न हत्यामा संलग्न रहेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
भारतीय सुटर सिंह बारामा ३ वटा हत्या, रौतहटमा २ वटा र सर्लाहीमा एउटा हत्यामा संलग्न रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण