शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा सदस्य निर्वाचन

गठबन्धन दलका उम्मेदवार जिल्ला दौडाहामा, अन्य उम्मेदवार पनि मत माग्न व्यस्त

बुधबार, ०३ माघ २०८०, ०६ : १२
बुधबार, ०३ माघ २०८०

बुटवल । राष्ट्रिय सभाको निर्वाचनमा लागि लुम्बिनी प्रदेशमा २ सिटको लागि ६ जना उम्मेदवारहरू रहेका छन् । उनीहरू माघ ११ हुने  मतदानको लागि आ आफ्नो ढङ्गबाट मत माग्न व्यस्त छन् । लुम्बिनीमा सत्ता गठबन्धनबाट माओवादीका झक्कुप्रसाद सुवेदी र काँग्रेसकी  विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

एमालेले झपेन्द्र बहादुर जिसी, तुलसाकुमारी के.सी, राप्रपाले विजय लक्ष्मीसिंह जनमत पार्टीले बाल गोविन्द चौधरीले उम्मेदवार बनाएका छन् । यसअघि राप्रपाका निरनजन थापाले उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन आयोगले जारी मतदानको मिति नजिक हुँदै जाँदा सत्ता गठबन्धनका उम्मेदवारले जिल्ला दौडाहा अभियान थालेका छन् । 

एमाले, राप्रपा र जनमत पार्टीका उम्मेदवार पनि आ आफ्नो तरिका प्रचार प्रसार गर्ने, भेटघाट, फोन सम्पर्क गरेर मत माग्न सुरु गरेका छन् । सत्ता गठबन्धन उम्मेदवार सुवेदी र सापकोटा प्रदेशका सबै जिल्लामा रहेका मतदातालाई भेट्नको जिल्ला जिल्लामा भेला गर्ने कार्यक्रम अन्तर्गत पाल्पा, गुल्मीमा भेला गरिएको सत्ता गठबन्धन दल नेपाली काँग्रेसका प्रदेश लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले रातोपाटीलाई बताए । 

उनले भने– हामीले यस अघि बसेको बैठकको निर्णय अनुसार जिल्ला जिल्लामा माओवादी र कांग्रेसका दुई उम्मेदवारसँगै जाने समयतालिका बनाएका छौ, त्यस अनुसार जिल्ला दौडाहा अभियान चलेको छ अन्य काम पनि जिताउनको लागि भइरहेको छ । 

सत्ता गठबन्धन दलको दैनिक कार्ययोजना बनाएर  उम्मेदवारहरू भेटघाट सुरुवात गरेका हुन् । भने एमालेका उम्मेदवार झपेन्द्रबहादुर जि.सी.र तुलसाकुमारी के.सी.ले पनि प्रचारप्रसार, फोन सम्पर्क,केही भेटघाट आदि काय गरिरहेका छन् । 

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले राष्ट्रिय सभामा लागि आफ्ना उम्मेदवारहरूलाई जिताउनको तीव्र रूपमा काम भइरहेको रातोपाटीलाई बताए । 

उनले मुख्यतयः प्रचार प्रसारको कामसँगै भेटघाट तथा फोन गरेर मत माग्ने काम भइरहेको खुला । उम्मेदवारको लागि पार्टी छुटै समिति नबनाई प्रदेश समितिले विशेष चासो र ध्यान दिँदै काम गरिहरेको प्रस्टाउँदै पार्टीले अन्य दलहरूसँग आफ्ना उम्मेदवार जिताउनको लागि गठबन्धन अझै सम्म नभएको तर गर्ने प्रयास जारी राखेको बता ए। 

लुम्बिनी प्रदेशमा राप्रपा, जनमत र स्वतन्त्र आदि साना तर सत्ता गठबन्धनमा नभएका पार्टीहरूसँग एमालेले मत लिने प्रयास गरेको छ ।

oooooooooooooo

सत्ता गठबन्धनमा दलमा रहेको जनमत पार्टीका उम्मेदवार बालगोविन्द चौधरीले  आफूले मतदातासँग भेट माग्ने काम गरिहरेको रातोपाटीलाई बताए । उनले नवलपरासी लगायतका जिल्लामा आफूले मतदातासँग भेटघाट गरेर मत मागेको खुलाए । अन्य जिल्लामा पनि पार्टी नेतृत्वले मत माग्ने काम गरिरहेको उनको भनाई रहेको छ ।

राप्रपाका उम्मेदवार विजय लक्ष्मी सिंहले कपिलवस्तुमा जिल्लामा रहेको १० स्थानीय तहका २० जना प्रतिनिधिहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेको खुलाइन । 

उनले अन्य जिल्लामा मतदातासँग फोन सम्पर्क गर्ने काम भइरहेको  बताइन् । यहाँ राप्रपा र जनमतको पार्टीका एक एक जना उम्मेदवार भएकोले मत गिभ एन्ड टेक गर्ने सक्ने सम्भावना रहेको राप्रपा लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष चौधरीले रातोपाटीलाई बताए । 

6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप