कर्मचारीलाई चिसो लाग्ला भनेर हाकिम ड्राइभर बनेपछि...
ओरेगन । अहिले संसारको कयौँ हिस्सामा चिसो छ । केहीमा त भारी हिमपातका कारण मौसमसम्बन्धी चेतावनीहरू नै जारी गरिएको छ । यी सबैको असर यात्री र यातायातको साधनमा परेको छ । केही कर्मचारीले घरबाटै काम गरिरहेका छन् । केही भने सकसले अफिस पुगेर काम गरिरहेका छन् । यस्तोमा अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्टमा एउटा सपिङ स्टोरका हाकिमको उदारता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
स्टोरका रफिन नाम गरेकी कर्मचारीले टिकटकमा एउटा भिडियो शेयर गरेकी थिइन् । भिडियोका अनुसार स्टोरका बोसले कर्मचारीहरु भारी हिमपातबीच चिसोले बिरामी नहुन् भन्दै एकेक गर्दै कर्मचारीहरूको घरमा पुगे सबैलाई आफ्नो गाडीमा अफिस पुर्याएको देखिन्छ । चिसोलाई विचार गरेर बोसले स्टोर बन्द गर्छन् भन्ने आशा रफिनको थियो ।
सबैले फोन गरेर बिदा लिने कोसिस गरिरहेका थिए । तर हाकिमले आफैँले गाडी चलाएर सबै कर्मचारीलाई पिक गरेको भन्दै उनले भिडियो क्लिप्मा क्याप्सन लेखेकी छन् । त्यो दिन हाकिमले सबै कर्मचारीलाई घरघरमा छाड्न गएको रफिनले कमेन्टमा भनेकी छिन् । हाकिमको हिम्म र कोसिसको आफूले सम्मान गरेको कमेन्टमा उनले लेखेकी छिन् ।
रफिनले आइतबार यो भिडियो शेयर गरेकी थिइन् । मान्छेहरूले तत्कालै यो भिडियो रिक्याशनको बाढी नै लगाए । एउटा कमेन्टमा एक युजरले ‘मेरो हाकिमले पनि एक पटक यस्तै गरेका थिए । तर हामी सबै दूघर्टनाको सिकार भयौँ ।’ लेखेका छन् । अर्का एक जनाले भने ‘यसलाई म नोकरीका लागि मान्छेका ज्यान धरापमा पार्नु भन्छु ।’ भन्ने कमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण