नयनताराले मागिन् माफी
चेन्नई । दक्षिण भारतकी सुपरस्टार नायिका नयनताराले माफी मागेकी छिन् । नयनताराको फिल्म लगातार विवादित बनिरहेका बेला उनले माफी मागेकी हुन् ।
धार्मिक भावनामा चोट लगाएको आरोप लागेर विवाद चर्किएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको थियो । यसैबिचमा नयनताराले माफी मागेकी हुन् ।
माफी माग्दै उनले फिल्मको कहानी कहिले हार नमान्ने अनि प्रेरणादायक भएको भनेकी छिन् । आफूहरुले सकारात्मक सन्देश शेयर गर्ने प्रयासमा अज्ञानतामा मानिसलाई चोट पुर्याएको पनि उनले भनेकी छन् ।
सेन्सर भएर ओटीटीमा गएको फिल्मलाई हटाइएला भन्ने अपेक्षा आफूले नगरेको उनको भनाइ छ । आफू र आफ्नो टिमले कसैलाई पनि ठेस पुर्याउला भन्ने नसोचेको भन्दै ठेस लागेका सबैसँग उनले मनैदेखि माफी पनि मागेकी छिन् ।
के भएको थियो ?
फिल्म हलपछि ओटीटी प्लेटफर्ममा नयनताराको अन्नपूर्णी रिलिज भएको थियो । फिल्मको एउटा दृश्यमा श्रीरामलाई मांसाहारी भनिएको थियो । यसकै कारण फिल्म मेकर, नेटफ्लिक्स र नयनतारा विरुद्ध धार्मिक भावनालाई चोट पुर्याएको भन्दै ऊजुरी दर्ता गरिएको थियो ।
मेकरहरुले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्याएको शिवसेनाका पूर्व नेता रमेश सोलंकीले ऊजुरीमा भनेका थिए । अन्नपूर्णी यहि डिसेम्बर १ मा रिलिज भएको थियो ।
फिल्म नेटफ्लिक्समा स्ट्रिम हुँदै थियो । फिल्ममा नयनतारा लिड रोलमा थिइन् । उनी मन्दिरको पूजारीको छोरीको भूमिकामा थिइन् । शेफ बन्नका लागि उनले ननभेज पकाएको फिल्ममा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण