कृषिमा आत्मनिर्भर भए मात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ : अध्यक्ष मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् । कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने अध्यक्ष मल्लले बताए । कृषिजन्य वस्तुहरूको उत्पादन र बजारीकरणका लागि तीन तहको सरकार र निजी क्षेत्रका संगठनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
दोलखा चेम्बर अफ कमर्सको पाँचौँ साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य वस्तुहरूको पहिचान एवं प्रवर्द्धन सँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘कृषि उत्पादनको दृष्टिकोणले सबै जिल्लाको आ– आफ्नै विशिष्टकृत महत्त्व छ, स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरणका लागि ठोस नीतिगत व्यवस्थाको खाँचो छ, ।’
कृषि प्रधान मुलुकमा खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि दुर्भाग्य भएको भन्दै अध्यक्ष मल्लले स्थानीय कृषि उपजहरूको उत्पादन वृद्धि एवं सहज बजारीकरणका लागि जिल्लामा छुट्टै कक्ष निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘आन्तरिक उत्पादन नहुँदा कृषि जन्य वस्तुहरूमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूमा समेत निर्यात सहजीकरण हुन सकेको छैन, ।’
निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचनाप्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण