बलात्कार उद्योगमा संलग्न आरोपी युवासंघ सल्यानका जिल्ला सदस्य
काठमाडौँ । वैदेशिक रोजगारको आवरणमा ठगेर फरार आरोपी खोज्दा प्रहरीले काठमाडौँबाट बलात्कार उद्योगमा संलग्न आरोपीलाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपी हुन्, सल्यानको दार्मा घर भएका २९ वर्षीय विक्रम थापा ।
दार्मा गाउँपालिका वडा नम्बर–४ भल्चौर घर भएर थापलाई बालाजुस्थित मित्रनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार विक्रम थापा युवासंघ सल्यानको जिल्ला समिति सदस्य हुन् । पक्राउ परेसँगै उनले प्रहरीसँग भनेका छन्,‘म युवा संघमा आबद्ध छु ।’
विक्रमविरुद्ध सल्यानको इलाका प्रहरी कार्यालय थारमारेमा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । विक्रमले पुस १६ मा राति १२ बजे पीडित महिलाको घरमा गएर बलात्कार प्रयास गरेको आरोप छ । बलात्कार प्रयास गर्दा प्रतिकार गरेपछि उनी पीडितलाई कुटपिट गरेर फरार भएका हुन् ।
वैदेशिक रोजगारीमा फरार अजय थापालाई खोज्दा विक्रमलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । रेग्मीले भने,‘विक्रमको मोबाइल हेर्दा शंकास्पद लागेपछि सल्यानसँग समन्वय गर्दा उनी फरार आरोपी रहेको थाहा भयो ।’
विक्रमलाई थप अनुसन्धान र कानुन कारवाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले इलाका प्रहरी कार्यालय थारमारेमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण