१२ वर्षपछि सहकार्य गर्दै सैफ र करीना
मुम्बई । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान बलिउडको सुहाउँदो जोडीमध्ये एक हुन् । यो जोडीले एकसाथ कैयौँ फिल्ममा काम गरेका छन् ।
पछिल्लो पटक यो जोडी सन् २०१२ मा ‘एजेन्ट विनोद’मा देखिएका थिए । अब यो जोडी १२ वर्षपछि पुनः दर्शकमाझ एकसाथ आउने भएका छन् ।
टाटा प्लेको शो ‘नाउ बिगिनिङ’को बेला उनीहरूले एक शोमा आफूहरू सँगै देखिन लागेको जानकारी दिएका हुन् । करीना र सैफले यसअघि ‘टसन’, ‘कुर्बान’ र ‘एजेन्ट विनोद’मा सँगै काम गरेका थिए । उनीहरूले रोडसाइड रोमियामा स्वर पनि दिएका थिए । यद्यपि उनीहरु एक दशकभन्दा बढी समय पर्दामा सँगै देखिएनन् ।
‘पहिला उनी भन्थे ‘हुँदैन, यो काम गर्दिनँ । यसमा कुनै चासो छैन र हामी एकसाथ काम गर्नुहुँदैन’ । सायद यही कारणले ‘टसन’ र ‘एजेन्ट विनोद’ले राम्रो व्यापार गरेन । तर एक राम्रो फिल्म भयो भने मानिसहरूले हामीलाई सँगै हेर्न चाहेका छन् भन्ने मेरो बुझाई हो’, करीनाले भनेकी छन् ।
सैफले पनि करीनासँगको सहकार्यको बारे मुख खोलेका छन् । ‘हामी वास्तवमै केही चिजमा काम गरिरहेका छौँ र केही यस्तो ल्याउने प्रयास गरिरहेका छौँ । जसले यो कुराको ध्यान दिनेछ कि हामी विवाहित हौँ र यो नाटक यो कुराको थोरै विरोधी छ । त्यसकारण यो काम अहिले प्रगतिमै छ’, सैफले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण