पोपको शतकमा इंग्ल्याण्डलाई १ सय २६ रनको अग्रता
शनिबार, १३ माघ २०८०, १७ : ३५
हैदराबाद । भारतविरुद्धको पहिलो टेस्टमा इंल्याण्डले तेस्रो दिनको खेल समाप्त हुँदा १ सय २६ रनको अग्रता बनाएको छ । ओली पोपको शानदार शतकको मद्दतले इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा ६ विकेटको क्षतिमा ३ सय १६ रन बनाएको हो ।
पोप १ सय ४८ रनमा नटआउट रहेका छन् । उनले २०८ बलको सामना गर्दै १७ चौका हिर्काए । त्यस्तै ओपनर बेन डकेटले ४७ रन तथा बेन फोक्सले ३४ रनको योगदान दिए । ज्याक क्रलीले ३१ रन बनाए ।
भारतका लागि जसप्रित बुमराह र रवीचन्द्रन आश्विनले २–२ विकेट लिए भने अक्षर पटेल र रवीन्द्र जाडेजाले १–१ विकेट लिए । इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा २ सय ४६ रन बनाएको थियो भने जवाफमा भारतले ४ सय ३६ रनको योगफल खडा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026