पोपको शतकमा इंग्ल्याण्डलाई १ सय २६ रनको अग्रता
शनिबार, १३ माघ २०८०, १७ : ३५

हैदराबाद । भारतविरुद्धको पहिलो टेस्टमा इंल्याण्डले तेस्रो दिनको खेल समाप्त हुँदा १ सय २६ रनको अग्रता बनाएको छ । ओली पोपको शानदार शतकको मद्दतले इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा ६ विकेटको क्षतिमा ३ सय १६ रन बनाएको हो ।
पोप १ सय ४८ रनमा नटआउट रहेका छन् । उनले २०८ बलको सामना गर्दै १७ चौका हिर्काए । त्यस्तै ओपनर बेन डकेटले ४७ रन तथा बेन फोक्सले ३४ रनको योगदान दिए । ज्याक क्रलीले ३१ रन बनाए ।
भारतका लागि जसप्रित बुमराह र रवीचन्द्रन आश्विनले २–२ विकेट लिए भने अक्षर पटेल र रवीन्द्र जाडेजाले १–१ विकेट लिए । इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा २ सय ४६ रन बनाएको थियो भने जवाफमा भारतले ४ सय ३६ रनको योगफल खडा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ