बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्ततः आयो बिपाशाको पालो, विवाहपछि साइन गरिन् पहिलो फिल्म

शुक्रबार, २३ असार २०७४, १४ : ०४
शुक्रबार, २३ असार २०७४

दुई वर्षसम्म फिल्मी दुनियाँबाट अलग्गिएकी बिपाशा बसु चाँडै नै ठूलो पर्दामा फिर्ता हुँदैछिन् । स्रोतका अनुसार बिपाशाले क्रियाज इन्टरटेन्मेन्टको नयाँ प्रोजेक्टलाई साइन गरेकी छिन् । फिल्मबारे अहिले केही जानकारी सार्वजनिक भएको छैन तर बिपाशाले विवाहपछि पहिलो फिल्म साइन गरेको कुरा पक्का भएको स्रोतले बताएको छ ।

स्मरण रहोस् अप्रिल २० तारिखमा बिपाशा र करण सिंह ग्रोवरले आफ्नो विवाहको पहिलो वर्षगाँठ मनाए ।

करण र बिपाशाको भेट फिल्म अलोनको सेटमा भएको थियो । केही समय एक अर्कालाई डेट गरेपछि दुबैले विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप