बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा रौतहटमा १० हजारभन्दा बढी सवारीसाधनमाथि कारबाही, ८८ लाख राजश्व सङ्कलन

सोमबार, १५ माघ २०८०, ०९ : ३५
सोमबार, १५ माघ २०८०

रौतहट । रौतहटको ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रूपमा कारबाही सुरु भएको छ। कारबाहीसँगै राजश्व सङ्कलनमा समेत वृद्धि भएको छ । 

रौतहटस्थित यस आर्थिक वर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियमविपरीत चलेका १० हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेर ८८ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरिएको छ। गत साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा नियम विपरीत चलेका १० हजार ४५९ सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिए। कारबाहीबाट कूल ८८ लाख ३३ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरिएको आचार्यको भनाई छ । 

सोही अवधिमा जिल्ला भरीमा भएको ३ सय २ वटा सवारी दुर्घटनामा परेर २६ जना मानिसको ज्यान गएको छ। त्यस्तै दुर्घटनामा परेर ४७२ जना मानिस घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्ला स्थित विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ। साउनदेखि पुस मसान्तसम्म जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको ८७९ वटा कार्यक्रममा सवारी चालक, यात्रु, सर्वसाधारण गरी कुल ३७ हजार ३९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनगाहपुरले जनाएको छ। जिल्लाको १८ वटै स्थानीय तहमा बढ्दो सवारीसाधनको चाप लाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले हाल रौतहटको गौर, बमनहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बन्कुल, मौलापुर, विजयपुर, लगायतको स्थानमा स्थायी ट्राफिक बिट राखेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप