शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार सम्मेलनमार्फत एकीकृत समाजवादीले केन्द्रीय परिषद्का निर्णय सार्वजनिक गर्ने

सोमबार, १५ माघ २०८०, १५ : २९
सोमबार, १५ माघ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दोस्रो केन्द्रीय परिषद् बैठकबाट पारित गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।

आइतबारदेखि सुरु भएको परिषद् बैठक आज सोमबार सम्पन्न हुँदैछ । बैठकले पारित गर्ने निर्णय सार्वजनिक गर्न साढे ४ बजे पत्रकार सम्मेलन राखिएको सो पार्टीले जनाएको छ । 

‘अपराह्न साढे ४ बजे प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा पत्रकार सम्मेलन राखिएकाले उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौं’, नेकपा एकीकृत समाजवादी प्रचार विभागले भनेको छ । विधान संशोधन गर्न बसेको बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि १० वटा समूह बनाएर छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप