आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण चौधरीलाई पक्राउ गर्न ३ महिना अनुसन्धान

एआईजी भन्छिन्– कानूनविद्सँग पनि सल्लाह गरेका थियौँ
बिहीबार, १८ माघ २०८०, २० : ४०
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरुले व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्नुअघि ३ महिना अनुसन्धान गरेको बताएका छन् । लामो अनुसन्धानपछि बिहीबार चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले ३ महिनाको अनुसन्धानपछि अवैध तरिकाले सरकारी जग्गा हिनामिना गरेको रिपोर्ट बुझाएसँगै चौधरी पक्राउ परेका हुन् ।

‘बाँसबारीको जग्गाबारे ३ महिना अनुसन्धान गरेका छौं’ ब्यूरो प्रमुख किरण बज्राचार्यले भनिन्,‘मुद्दाबारे हामीले सरकारी वकिल र अन्य कानूनविद्हरूसँग पनि छलफल गरेका थियौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप