अरुण चौधरीलाई पक्राउ गर्न ३ महिना अनुसन्धान
एआईजी भन्छिन्– कानूनविद्सँग पनि सल्लाह गरेका थियौँ
बिहीबार, १८ माघ २०८०, २० : ४०
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरुले व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्नुअघि ३ महिना अनुसन्धान गरेको बताएका छन् । लामो अनुसन्धानपछि बिहीबार चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले ३ महिनाको अनुसन्धानपछि अवैध तरिकाले सरकारी जग्गा हिनामिना गरेको रिपोर्ट बुझाएसँगै चौधरी पक्राउ परेका हुन् ।
‘बाँसबारीको जग्गाबारे ३ महिना अनुसन्धान गरेका छौं’ ब्यूरो प्रमुख किरण बज्राचार्यले भनिन्,‘मुद्दाबारे हामीले सरकारी वकिल र अन्य कानूनविद्हरूसँग पनि छलफल गरेका थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण