रियल मड्रिड लालिगाको शीर्ष स्थानमा
शुक्रबार, १९ माघ २०८०, ०८ : ५४
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । यसअघि १ अंकले पछि रहेको रियल बिहीबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।
रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए । १४ औँ मिनेटमा जोसेलुले लुकासको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए ।
५६ औँ मिनेटमा जोसेलुले भिनिसियस जुनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सोही अग्रता रियलले अन्तिमसम्म कायम राख्दै तालिकामा ३ अंक थप्न सफल भयो । पराजित भएको गेटाफे भने १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण