म पवित्र अछुत हुँ
समाजले ठिक्क पारेको बिसको प्याला पिएर पनि,
त्यही समाजको जीवन पर्यन्तको श्रमिक म,
जन्मिदा निमठिएको एक मुठी स्वतन्त्रताको रस
नपाएर पनि अहोरात्र त्याग गर्न सक्ने
म पवित्र अछुत हुँ ।।
हो नि मेरो जीवन चक्रको कोपिलामा,
फुल बन्ने क्रममा प्रकृतिले दिएको त्यो रातो रङ्गले
मेरो शरीर रङ्गिँदा, जुन रङ्ग नभई सृष्टि अधुरो हुन्छ त्यो अवस्था मा मलाई अछुत मान्ने तिम्रो कुदृष्टि होला तर
म सुन्दर अछुत हुँ ।।
आफ्नै वरपरका जीवनको गोरेटोमा आफन्त बन्न पुगेका एक हुल मानिस भित्रबाट एउटा पात्र करायो,
यो अछुत भाको बेला त्यो काम किन गरेको???
जब आयो त्यो कुदृष्टि दर्साउनेको आफ्नाको पालो,
भन्छ अब समय बदलियो, पुरानो समयको याद किन गरेको???
तिम्रा तुच्छ दृष्टिकोणलाई म रङ्गिएको अछुत लाग्छ भने मैले फेरेर छोडेको सास किन तानिरहेको छौ?
किनकि वायुमण्डलमा त एउटै हावा बहिरहेको छ,
हो मेरै हावामा तिम्रो पनि प्राण धानिएको छ र त
म पवित्र अछुत हुँ ।।
कुदृष्टि देख्छ रजस्वला दूषित,
एउटा विवश सन्तानकी आमा देख्छे,
आफ्नै सन्तानको रङ्ग, जसमा उसलाई कुसंस्कार को रेखा नाघेर बनाउनु छ आफ्नो नाबालकलाई खाना ।।।
के तिम्रा नियमहरूले सबैबाट अछुत कहलिएकी
नारीको कर्म गरिदिन सक्छ?
के तिमीले आफ्ना सन्तानलाई अछुत नामको विषको प्याला दिई
खानाबाट वञ्चित गर्न सक्छौ?
हो त्यही कुसंस्कारको घेरा नस्विकार्ने म
एक पवित्र अछुत नारी हुँ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण