जैसवालको दोहोरो शतक र बुमराहको घातक बलिङ, भारत बलियो स्थितिमा
विशाखापटनम । जसप्रित बुमराहले घातक बलिङ गर्दै ६ विकेट लिएपछि इंग्ल्याण्ड पहिलो इनिङ्समा मात्र २ सय ५३ रनमा सीमित बनेको छ । बुमराहले १५.५ ओभरमा ४५ रन खर्चेर ६ विकेट लिएका हुन् ।
दोस्रो दिनको खेल समाप्त हुँदा भारतले कुनै पनि विकेट नगुमाई २८ रन बनाएको छ । योसँगै भारतले १ सय ७१ रनको अग्रता बनाउन सफल भएको छ ।
इंग्ल्याण्डका लागि ज्याक क्रलीले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै कप्तान बेन स्टोक्सले ४७ रन बनाए भने जोनी बेयरस्टोले २५ तथा ओली पोपले २३ रन हिर्काए । भारतका लागि कुलदीप यादवले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।
यसअघि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालको शानदार दोहोरो शतकको मद्दतमा भारतले विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा ३९६ रन बनाएको थियो । जैसवालले सर्वाधिक २०९ रन बनाए । यो उनको करियरको पहिलो दोहोरो शतक हो ।
जैसवालले आफ्नो २ सय ७७ बलमा १८ चौका र ७ छक्का प्रहार गर्दै २०० रन पुरा गरे । उनले लगातार दुई बलमा पहिलो छक्का र चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए।
तर, दोहोरो शतक प्रहार गरेलगत्तै उनी २९० बलमा २०९ रन बनाएर आउट भए । छैटौँ टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो। आफ्नो छोटो करियरमा जैसवालले अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाएका छन् ।
हिजोको अविजित १७९ रनबाट शनिबार जैसवालले आफ्नो पारी विस्तार गरेका थिए । उनीसँगै आर अश्विन खेलिरहेका थिए । तर उनी २० रन बनाएर आउट भए । इंग्ल्यान्डका लागि एन्डरसन, शोएब बशीर र रेहान अहमदले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण