ठमेलमा चिनियाँ नागरिक मृत फेला
आइतबार, २१ माघ २०८०, १५ : २५
काठमाडौँ । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत भेटिएका छन् । ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन् ।
४७ वर्षका ग्वाङ होस्टलको कोठामा मृत अवस्थामा भेटिएको प्रहरी वृत सोह्र्रखुट्टेले जनाएको छ । माघ १० बाट सो होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ओछ्यानमा सिरक ओढेको अवस्थामा भेटिएका छन् । उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
अहिलेसम्मको अनुसन्धानमा उनको मृत्यु शंकास्पद देखिएको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिने प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सत्य थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
-
अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा
-
एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्यो अनुबन्ध
-
‘आमा-बुबा भन्न छाडेर आयातित भाषामा लाग्यौँ’
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण