ठमेलमा चिनियाँ नागरिक मृत फेला
आइतबार, २१ माघ २०८०, १५ : २५
काठमाडौँ । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत भेटिएका छन् । ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन् ।
४७ वर्षका ग्वाङ होस्टलको कोठामा मृत अवस्थामा भेटिएको प्रहरी वृत सोह्र्रखुट्टेले जनाएको छ । माघ १० बाट सो होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ओछ्यानमा सिरक ओढेको अवस्थामा भेटिएका छन् । उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
अहिलेसम्मको अनुसन्धानमा उनको मृत्यु शंकास्पद देखिएको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिने प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सत्य थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा