एकैदिनमा मार्क जुकरबर्गको सम्पत्ति २८ अर्ब डलरले बढ्यो
वासिङ्टन डिसी । अमेरिकी व्यापारी एवम् सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति एकै दिनमा २८ अर्ब डलरभन्दा बढीले बढेको छ । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सका अनुसार यो वर्ष अहिलेसम्मको अवधिमा जुकरबर्गको सम्पत्ति ४२ अर्ब ४० करोड डलर थपिएको छ ।
आइतबार एकैदिन उनको सम्पत्ति २८ अर्ब १० करोड डलरले बढेको थियो । यो वृद्धिसँगै जुकरबर्ग माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई उछिनेर विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । यसवर्ष सम्पत्ति वृद्धिमा जुकरबर्ग सूचकमा समेटिएको सबै अर्बपतिहरु भन्दा अगाडि छन् ।
मेटामा जुकरबर्गको १३ प्रतिशत शेयर छ । मेटाको शेयरमा भएको वृद्धिसँगै यसको मूल्य बढेर १ खर्ब ७० अर्ब डलर पुगेको छ । शुक्रवार मात्रै मेटाको शेयर २० प्रतिशतले बढेर प्रतिकित्ता ४७४ डलर ९९ सेन्टको कीर्तिमानी उचाइमा उक्लिएको थियो ।
कम्पनीले पहिलोपटक लाभांश वितरण गर्ने घोषणा गरेपछि शुक्रवार एकै दिनमा कम्पनीको बजार पुँजीकरण २ खर्ब ४ अर्ब ५० करोड डलर थपिएको थियो । वाल स्ट्रिटमा कुनै पनि कम्पनीको शेयर मूल्यमा भएको यो अहिलेसम्मकै धेरै (एक दिने) वृद्धि थियो ।
सन् २०२३ मा मेटाको शेयर मूल्य १५० प्रतिशतले बढेको थियो । यस वर्ष अहिलेसम्मको अवधिमा यसमा ३४ प्रतिशतको वृद्धि देखिएको छ । सन् २०१२ मा फेसबुकको आइपिओ जारी भएयता यसको मूल्य १ हजार १४९ प्रतिशतले बढेको छ ।
फेसबुकले सन् २०२१ को अक्टोबरमा कम्पनीको नाम फेरेर मेटा राखेको थियो । जुकरबर्गले कम्पनीमा रहेको आफ्नो शेयरबाट ७० करोड बराबरको लाभांश पाउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण