भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन
भरतपुर । भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वको टोलीले अस्पतालको भौतिक संरचना, शय्या, औषधि, उपकरणको अवस्था, लिफ्ट वा अपाङ्गतामैत्री र्याम्प, पर्याप्त पार्किङ भए÷नभएकोलगायत विषयमा स्थलगत निरीक्षण गरेको छ ।
सो अवसरमा उपप्रमुख अधिकारीले भने, “मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुधार हुन जरुरी छ । बहानाबाजी चल्दैन, कानुनभन्दा माथि कोही छैन ।” अनुगमन क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले अस्पताललाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनका लागि अनुगमन सुरु गरिएको उल्लेख गरे । “भरतपुरका केही अस्पताल बिना इजाजत सञ्चालन गरेको पाइयो”, उनले भने, “त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ ।”
भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ले महानगरभित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्डअनुसार सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेको छ । जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत दीपक सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा अस्पताल, क्लिनिक र प्रयोगशाला गरी ४९ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । यसमध्ये अस्पताल चार, बाँकी ४५ क्लिनिक र प्रयोगशाला छन् ।
त्यस्तै अहिले महानगरपालिकामा तीन अस्पताल, ४३ क्लिनिक तथा प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । स्थानीयस्तरमा १५ शय्यासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय सरकारलाई अनुमति दिइएको छ भने प्रदेश सरकारले दुई सय शय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारलाई अधिकार दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण