७ अनाथालयका २५० बालबालिकाले हेरे मनोरञ्जनात्मक फिल्म
काठमाडौँ । फ्रेस नेपाल अनाथालय, न्यु नेपाल सोसाइटी सेन्टर, नेपाल चिल्डेन अर्गनाइजेशन, भ्वाइस अफ चिल्डेन, माया घर प्रवान्द आश्रम र रेष्ट फाउन्डेसन गरि ७ अनाथालयका २५० बढी बालबालिकाले विभिन्न मनोरञ्जनात्मक चलचित्र हेरेका छन् ।
इन्टरयाक्ट क्लब आफ एलआरआई कलङ्कीले ‘स्क्रीनिंग फर इम्प्याक्ट’ शीर्षकमा बालबालिकालाई मनोरञ्जन र सन्देश दिने उद्देश्यले विभिन्न फिल्म देखाएको हो । एनसेएल, क्लाउड इजुकेशन भिसा सर्भिस, कीर्तिपुर सिनेप्लेक्ससँगको सहकार्यक्रममा ‘कीर्तिपुर सिनेप्लेक्स’ हलमा फिल्म देखाइएको हो । सो अवसरमा इन्टरनेटमा उपलब्ध सकारात्मक सन्देश दिने, प्रेरणा दिने र मनोरञ्जन दिने खालका केही साना तथा ठुला फिल्म प्रदर्शन गरिएको थियो ।

अनाथालयमा आश्रित बालबालिकालाई पनि मनोरञ्जन आवश्यकता छ भन्ने उद्देश्यले फिल्म प्रदर्शन गरिएको क्लबका रोहन खड्काले बताए । ‘‘स्क्रीनिंग फर इम्प्याक्ट’ कार्यक्रमको अर्को लक्ष्य अनाथालयको बालबालिकाको लागि सकारात्मक र आकर्षक वातावरण सिर्जना गर्नु पनि हो’ खड्काले थपे ।
कार्यक्रममा सहभागी अनाथालयको बालबालिकाको लागि सडक यातायात तथा खाजाको पनि व्यवस्था थियो । जसमा क्लबका प्रेसिस गौतमको समेत सहभागिता थियो । ‘स्क्रीनिंग फर इम्प्याक्ट’ कार्यक्रमले अनाथालयको बालबालिकालाई मनोरञ्जन र प्रेरणा दिन सफल भएको क्लबका प्रेसिस गौतमले बताए ।
कार्यक्रममा चलचित्र निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जनको पनि सहभागिता थियो । क्लबको सेवा अधिकारीमा संगीना महर्जन रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण