आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा

शनिबार, २७ माघ २०८०, १२ : ०१
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक दोस्रो दिन सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा स्थायी समिति सदस्यहरूले मस्यौदा विधान २०८० माथि आ–आफ्ना धारणा राखिरहेको कमला रोकाले जानकारी दिइन् ।

शुक्रबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा कार्यदलले बुझाएको सुझावसहितको मस्यौदा पेस गरेका थिए । अध्यक्ष प्रचण्डले समसामयिक राजनीति र अन्तर्राष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेका थिए । 

मस्यौदाकारहरूले मस्यौदाको सारबारे बताएका थिए । बैठकले मस्यौदा परिमार्जनसहित अनुमोदन गरी आज सकिनेछ । आइतबार र सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप