गलत विवरण राखेर कोठा बुक, हत्या गरेर प्रेमी फरार
काठमाडौँ । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत फेला परिन् । करिब २८–२९ वर्षीया प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित विजय चोकमा रहेको लजमा प्रहरी पुग्दा उनी मृत भेटिइन् । रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीलालाई ‘प्रेमी’ले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले प्रमीलाको हत्या भएको बताए । उनले भने–‘हत्या गरेर आरोपी होटलबाट भागेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ ।’
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपी दोलखाका हुन् । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको छ । होटलमा प्रेमीले गलत विवरण राखेर कोठा बुक गरेका थिए ।
प्रमीला आफ्ना पतिसँगै गौशालामा बस्दै आएकी थिइन् । माघ २६ मा उनी प्रेमीसँगै सो लजमा पुगेकी हुन् । हत्या गरेर प्रेमीले होटलको कोठामा साँचो लगाएर भागेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण