जनयुद्धको स्मरण गर्दै बाबुरामले भने–सधैँ गर्वको अनुभूति हुन्छ !
काठमाडौँ । तत्कालीन माओवादीका नेता डा बाबुराम भट्टराईले ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा आफूलाई सधैँ गर्वको अनुभूति हुने बताएका छन् । यद्यपि भट्टराई हाल माओवादी त्यागेर नेपाल समाजवादी पार्टीमा आबद्ध छन् ।
२०५२ साल फागुन १ मा डा भट्टराई लगायतका नेताले सशस्त्र युद्धको सुरुवात गरेका थिए । सोही दिनको स्मरणमा डा. भट्टराईले सामाजिक सञ्जालमा नेपाललाई संसारले इतिहासमा दुई पटक चिनेको पनि बताएका छन् ।
‘दोस्रो पटक, बिसौँ शताब्दीको अन्त्य र एक्काइस शताब्दीको सुरु (२०५२ फागुन १ गतेबाट २०६३ मङ्सिर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो !’, डा. भट्टराईले भनेका छन्, ‘त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति हुन्छ !’ उनले जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान प्रकट गर्दै भनेका छन् ।
उनले परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य नहुने भन्दै त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहने बताएका छन् । ‘कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिँगा डुबे झैँ डुब्छन् तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्’, भट्टराईले भनेका छन् ।
उनले जनयुद्ध दिवसमा नयाँ प्रण गर्न आह्वान गरेका छन् ‘हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं ! सुशासित,समुन्नत,समाजवादी नायक नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौँ !’, भट्टराईले आहन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण