एमाले उपाध्यक्ष बादलले दिए जनयुद्ध दिवसको शुभकामना
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले २९औँ जनयुद्ध दिवसको शुभकामना दिएका छन् । मंगलबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै बादलले जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहीदहरूको स्मरण गर्दै सहिद, बेपत्ता र घाइते परिवारको योगदानको कदर गरेको बताएका छन् ।
उनले भनेका छन्–‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’
जनयुद्धका बेला माओवादीको सैन्य इन्चार्ज समेत बनेका बादल २०७७ सालदेखि माओवादी छोडेर नेकपा एमालेमा क्रियाशील रहेका छन् । एमालेका अन्य उच्च तहका नेताहरूले जनयुद्ध दिवसको शुभकामना दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण