फष्ट लुक्समा यस्तो देखियो ‘बोक्सीको घर’
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ को फस्ट लुक्स पोस्टर रिलिज गरिएको छ । केकीले प्रेम दिवसको अवसर फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन् ।
फिल्मप्रति दर्शकको प्रेम अटुट रहने अपेक्षासहित निर्माण युनिटले आज फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति वैशाख १४ तोकिएको छ ।
सार्वजनिक पोस्टर पूर्ण रुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टरमा फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रूपमा डिजाइन गरिएको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । शिवराम श्रेष्ठको छायाङ्कन, लोकेश बज्राचार्यले सम्पादन रहेको फिल्म टिफल्क फिल्मसले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण