भारतीय नागरिकलाई काठमाडौँ ल्याएर बन्धक बनाउने ८ जना सार्वजनिक

काठमाडौँ । ‘अमेरिका सपना’ देखाएर भारतीय नागरिकहरुलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आरोपीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
फागुन २ मा काठमाडौंँ प्रहरीले आरोपीहरुले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुलबाट उद्धार गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिकहरु अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन् ।
आरोपीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आरोपीहरुविरुद्ध शरीर बन्धक बनाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी खत्रीले जानकारी दिए ।
पक्राउ गरिएका ८ जना मध्येका नेपाली नागरिक रामचन्द्र शर्माले रातोपुलमा भाडामा घर खोजिदिएका हुन् । उनलाई शरीर बन्धक मुद्दा नचलाउने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह