बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन
सोमबार, ०७ फागुन २०८०, २१ : ५३
काठमाडौँ । प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टरले बोक्ने पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले डीएसपी गंगा पौडेलको नेतृत्वमा समिति गठन गरेका हुन् ।
आइतबार प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोक्ने पेस्तोलबाट फायर भएको थियो । आफ्नो ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको बताइएको छ ।
इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाएर घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण