आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

सोमबार, ०७ फागुन २०८०, २१ : ५३
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टरले बोक्ने पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले डीएसपी गंगा पौडेलको नेतृत्वमा समिति गठन गरेका हुन् ।

आइतबार प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोक्ने पेस्तोलबाट फायर भएको थियो । आफ्नो ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको बताइएको छ ।

इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाएर घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप