नेपालले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने
मङ्गलबार, ०८ फागुन २०८०, ०७ : ४७
काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार चैत १८ गतेदेखि २५ गतेसम्म उक्त प्रतियोगिता खेलिन लागेको हो ।
फ्रेन्डसीप कप नाम दिइएको शृङ्खलामा नेपालले गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक शृङ्खलाले नेपाली टोलीको वृत्ति विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण