यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो दलेको आरोपमा युवक पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, २१ : २७
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा घर भएका ३२ वर्षीय शुक बहादुर परियार छन् ।
उनलाई पोखराबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । शुक बहादुर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका केन्द्रीय सदस्य हुन ।
माघ २९ मा मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा महानिर्देशक उद्धव प्रसाद रिजालमाथी दुर्व्यवहार भएको थियो । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा महानिर्देशक पराजुली संलग्न भएको आरोप लगाउँदै कालोमोसो दलेको हो । घटनाबारे प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण