बिहारमा सडक दुर्घटना, ९ जनाको मृत्यु

बिहार । बिहारको लखीसराय जिल्लामा भयानक सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको । बुधवार भएको दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई थप उपचारका लागि पटना रिफर गरिएको छ । घटना रामगढ चोक पुलिस स्टेशन क्षेत्रको झालौना गाउँ नजिकै भएको हो ।
गलत साइडबाट तीव्र गतिमा आएको ट्रकले यात्रुले भरिएको टेम्पोलाई ठक्कर दिएको थियो । ठक्करका कारण आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उपचारको क्रममा टेम्पो चालकको पनि मृत्यु भएकाे छ । दुर्घटनापछि सो क्षेत्रमा त्रास फैलिएको छ । नजिकै मानिसको भीडभाड थियो ।
दुघर्टनाको खबर आउने बित्तिकै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको थियो । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले घाइतेलाई अस्पताल भर्ना गराएको थियो ।
प्रहरीका अनुसार टेम्पोमा सवार सबैजना सिकन्दरामा केटरिङको काम सकेर लखिसराई रेलवे स्टेसनतर्फ जाँदै थिए । उनीहरु रेल चढेर घर जाँदै थिए ।
सबै मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । ट्रक चालकको खोजी कार्य भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको विधान महाधिवेशन: समयमै हुनेमा आशङ्का
-
इटालीको नयाँ मुख्य प्रशिक्षकमा गट्टुसो नियुक्त
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल