बिहारमा सडक दुर्घटना, ९ जनाको मृत्यु
बिहार । बिहारको लखीसराय जिल्लामा भयानक सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको । बुधवार भएको दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई थप उपचारका लागि पटना रिफर गरिएको छ । घटना रामगढ चोक पुलिस स्टेशन क्षेत्रको झालौना गाउँ नजिकै भएको हो ।
गलत साइडबाट तीव्र गतिमा आएको ट्रकले यात्रुले भरिएको टेम्पोलाई ठक्कर दिएको थियो । ठक्करका कारण आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उपचारको क्रममा टेम्पो चालकको पनि मृत्यु भएकाे छ । दुर्घटनापछि सो क्षेत्रमा त्रास फैलिएको छ । नजिकै मानिसको भीडभाड थियो ।
दुघर्टनाको खबर आउने बित्तिकै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको थियो । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले घाइतेलाई अस्पताल भर्ना गराएको थियो ।
प्रहरीका अनुसार टेम्पोमा सवार सबैजना सिकन्दरामा केटरिङको काम सकेर लखिसराई रेलवे स्टेसनतर्फ जाँदै थिए । उनीहरु रेल चढेर घर जाँदै थिए ।
सबै मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । ट्रक चालकको खोजी कार्य भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण