शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सितापाइला घटना

सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो

बुधबार, ०९ फागुन २०८०, ११ : ५५
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र दुई बालिकाहरु छन् ।

ईश्वरी श्रेष्ठ र उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया नतिनी शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

sitapaila-case (1)

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएकाहरुको टाउकोमा चोट लागेको छ ।

घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

sitapaila-case (2)sitapaila-case (3)sitapaila-case (4)sitapaila-case (5)sitapaila-case (6)sitapaila-case (7)sitapaila-case (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप