न्युजिल्यान्डका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बने टिम साउथी

काठमाडौँ । प्रभावशाली बलर टिम साउथी न्युजिल्यान्डका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय साउथीले यस्तो कीर्तिमान बनाएका हुन् ।
साउथीले न्युजिल्यान्डका लागि खेलेको यो एक सय २३औँ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो । साउथीले मार्टिन गप्टिलको कीर्तिमानलाई उछिनेका हुन् । ३७ वर्षीय गप्टिलले न्युजिल्यान्डका लागि एक सय २२ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
साउथीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म एकसय ५७ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर पाँच विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा उनले तीन सय तीन रन पनि बनाएका छन् ।
अस्ट्रेलियाविरुद्ध बुधबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा न्युजिल्यान्ड ६ विकेटले पराजित भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?