न्युजिल्यान्डका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बने टिम साउथी
काठमाडौँ । प्रभावशाली बलर टिम साउथी न्युजिल्यान्डका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय साउथीले यस्तो कीर्तिमान बनाएका हुन् ।
साउथीले न्युजिल्यान्डका लागि खेलेको यो एक सय २३औँ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो । साउथीले मार्टिन गप्टिलको कीर्तिमानलाई उछिनेका हुन् । ३७ वर्षीय गप्टिलले न्युजिल्यान्डका लागि एक सय २२ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
साउथीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म एकसय ५७ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर पाँच विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा उनले तीन सय तीन रन पनि बनाएका छन् ।
अस्ट्रेलियाविरुद्ध बुधबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा न्युजिल्यान्ड ६ विकेटले पराजित भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण