बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बल धनुषाद्वारा १० लाख मूल्य बराबरको तस्करीका सामाग्री बरामद

बुधबार, ०९ फागुन २०८०, १६ : १९
बुधबार, ०९ फागुन २०८०

धनुषा । सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारीमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वार्टर  धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हालेसँगै अवैध चोरी पैठारीमा कडाइ गरिएको हो । 
तीन दिनको अवधिमा १० लाख २० हजार मूल्य बराबरकोतस्करीका अवैध सामग्री सीमा इलाकाबाट बरामद गरिएको हो । 

बरामद सामग्रीमा मदिरा, किराना, लत्ताकपडालगायत विभिन्न रहेको बताइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्न प्रभावकारी कार्यसम्पादन गर्न गिरीले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप