बेन स्टोक्स भन्छन्, ‘मैले यस्तो पिच देखेकै थिइनँ’
काठमाडौँ । भारत र इङ्गल्यान्डबिचको चौथो टेस्ट क्रिकेट शुक्रवारदेखि राँचीमा खेलिँदै छ । हाल भारत भ्रमणमा रहेको इङ्ल्यान्डले घरेलु टोलीसँग पाँच वटा टेस्टको शृङ्खला खेल्नेछ । हालसम्म तीन टेस्ट खेलिसकिएको छ ।
शृङ्खलामा भारत २–१ ले अगाडि छ । त्यसैले शृङ्खला गुमाउनबाट जोगिन इङ्ल्यान्डले चौथो टेस्ट जित्नै पर्ने हुन्छ । तर, चौथो टेस्टअघि इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले राँचीको पिचलाई लिएर अनौठो प्रतिक्रिया दिएका छन् ।
उनले राँचीको पिचको अवस्थाका कारण आफू अन्यौलता परेको बताएका छन् । ‘राँचीको पिचको अवस्था अनौठो छ । मैले आजसम्म यस्तो पिच देखेकै थिइन । यहाँको पिचमा कसरी खेल्ने म आफै अन्यौलता छु,’ स्टोक्सले भनेका छन् ।
स्टोक्सले भारतका अन्य पिचको तुलनामा राँचीको पिच नितान्त फरक रहेको टिप्पणी पनि गरेका छन् । ‘चेन्जिङ रुमबाट हेर्दा राँचीको पिच पुरै हरियो देखिन्छ । तर, नजिक गएर हेर्दा पिचको अवस्था फरक देखिन्छ । नजिकबाट नियाल्दा पिच निकै कडा र चिरा परेको पनि देखिन्छ । यहाँको पिचको चरित्र नै मैले बुझ्न सकिन,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण