पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, ६ जनाको मृत्यु
बिहीबार, १० फागुन २०८०, २१ : ४५
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार भ्यान र ट्र्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु हुनाका साथै अन्य १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
जिल्लाको दुनियापुर क्षेत्रमा बिहेका जन्ती बोकेको भ्यान सडक छेउमा पार्किङ गरी राखिएको ट्याक्टर ट्रलीमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना ३ महिला, २ पुरुष र १ बालकको मृत्यु बएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले ट्याक्टर ट्रलीका मालिकविरुद्ध आपराधिक लापरवाही गरेको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण