पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, ६ जनाको मृत्यु
बिहीबार, १० फागुन २०८०, २१ : ४५

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार भ्यान र ट्र्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु हुनाका साथै अन्य १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
जिल्लाको दुनियापुर क्षेत्रमा बिहेका जन्ती बोकेको भ्यान सडक छेउमा पार्किङ गरी राखिएको ट्याक्टर ट्रलीमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना ३ महिला, २ पुरुष र १ बालकको मृत्यु बएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले ट्याक्टर ट्रलीका मालिकविरुद्ध आपराधिक लापरवाही गरेको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष